सडक फाेहाेर गरेकाे भन्दै एमालेलाई काठमाडौं महानगरपालिकाकाे १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई १ लाख जरिवाना गरेकाे छ । महानगरपालिकाले एक बिज्ञप्ति जारि गर्दै जरिवाना गरिएको जानकारी दिएकाे हाे ।

बिज्ञप्तिमा भनिएकाे छ ‘मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं.-१ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौ महानगरपालिकाको आर्थिक ऐन, २०८१ यमोजिम रु. १००,०००/०० अक्षरुपी एक लाख जरिवान गरिए‌को व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here