बालेनले स्टन्ट बाजी गरेको एमाले महासचिव पोखरेलको आरोप

यसलाई मेयर बालेनको स्टण्टबाजी समेत भनेका छन्।

काठमाडौं । नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरूद्ध परिचालित छन् भन्ने पुष्टी भएको बताएका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै एमाले महासचिव पोखरेलले सोही पर्चाबाट बालेन एमालेविरूद्ध परिचालित छन् भन्ने पुष्टी हुने बताएका हुन्। शुक्रबार एमालेको जागरण सभाका कारण दरबारमार्गमा फोहोर भएको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको थियो।

पोखरेलले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाट भएको र संकलित फोहोरलाई उठाउन महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको तर अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरिएको आरोप लगाएका छन् । उनले यसलाई मेयर बालेनको स्टण्टबाजी समेत भनेका छन्।

यस्तो छ पोखरेलको स्ट्याटस

‘काठमाण्डौं महानगरका मेयर वालेन नेकपा एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो ।

अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो । तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो ।

नेकपा एमाले पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई ।जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here