१४ स्थानीय तहमा अझै बैंक पुगेन, प्रदेश पाँचका सबै स्थानीय तहमा बैंक

काठमाडौं २९ असोज । एक वर्ष अघि नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य भए पनि १४ स्थानीय तहमा अझै नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल ७ सय ५३ स्थानीय तहमध्ये यही असोजसम्म ३ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको राष्ट्र बैंकको वित्तीय पहुँच स्थिति अध्ययनले देखाएको छ ।

यसअघि २०७५ असारसम्म ६ सय ३१ स्थानीय तह र २०७४ असारसम्म २ सय ९६ स्थानीय तहमा मात्र वाणिज्य बैकका शाखा रहेका थिए ।

वित्तीय पहुँचका हिसाबले प्रदेश पाँच सबैभन्दा अघि छ । सो प्रदेशका १ सय ९ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ । बाँकी कुनै पनि प्रदेशका सबै स्थानीय तहमा बैंकको शाखा पुगिनसकेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

जसमध्ये सुदुर पश्चिम प्रदेशका ६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ । प्रदेश १ र गण्डकी प्रदेशका एक/एक स्थानीय तह र कर्णाली प्रदेश, प्रदेश ३ र प्रदेश २ का दुई/दुई स्थानीय तहमा अझै बैंक शाखा नपुगेको राष्ट्र बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here