मनाङ एयरको नयाँ हेलिकोप्टरले थाल्यो ब्यवसायिक उडान

काठमाडौं,२९ असोज । मनाङ एयर प्रालिको नयाँ हेलिकोप्टरले ब्यवसायिक उडान सुरु गरेको छ । फ्रान्समा निर्मित ‘एयरबस हेलिकोप्टर’ को एएस ३५० बी ३ ई (एच 125) हेलिकोप्टर ९ एन-एएनजे बाट सोमवार देखि ब्यवसायिक उडानसुरु गरेको हो। मनाङ एयरले किनेको दुई थान हेलिकोप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडाउन भर्न सक्ने कम्पनीले विज्ञप्ती मार्फत जनाएको छ ।

विज्ञप्ती अनुसार ‘अति दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकिय दृष्यावलोकन तथा उद्धार उडानमा थप भएको हेलिकोप्टर मार्फत स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सुरक्षित तथा अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दारलगायतका सेवा दिने कम्पनीको विश्वास रहेको छ । अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दार, स्वदेशीलाई आवश्यक ठाउँमा उडान तथा विकास निर्माण लगायतका विविध क्षेत्रमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here