अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृया अघि बढयो,बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं,२९ असोज । अजोड इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया अघि बढाएको छ। ३० लाख कित्ता शेयर प्रति शेयर एक सय अंकित दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि निष्काशन प्रकृया अघिसँगै एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

अजोड इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी रु.१ अर्व, जारी पूँजी रु.१ अर्व र चुक्ता पूँजी रु.७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्व पुग्नेछ । सम्झौता अनुसार एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here