काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको हो ।
आज चाँदीको भाउ पनि समान्य उकालो लागेको छ । चाँदी प्रतितोला ४५ रुपैयाँले बढ्दै १८ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।