उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

काठमाडौं २९ असोज । नेपालकी बोनिता शर्मा बेलायती प्रसारण संस्था(बिबिसी)को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी छिन् । बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने संसारभरीका सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा शर्मासँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय महिलालाई राखेको छ ।

बोनिता द सोसल चेन्जमेककर्स एण्ड इनोभेटर्सकी संस्थापक हुन् । उनले नेपालका महिला तथा बालिकालाई शिक्षा तथा सशक्तिकरणका लागि सहयोग गर्दै आएकी छिन् । आमाको प्रेरणाले डिग्री हासिल गरेकी पोषण सुधार अभियन्ता बोनितालाई चुलोचौकोमा मात्रै केन्द्रित नभई निर्धक्कसँग बालिका तथा महिलाहरुले पनि शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउँदै महिला तथा बालिकाको शिक्षा तथा सशक्तिकरणमा गरेको योगदानको कदर गर्दै बिबिसीले उक्त सूचीमा राखेको हो ।

बोनिताले आफ्नो ट्वीटर अकाउन्टमा आफू सय प्रभावशाली महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छिन् । उनको यो प्रोजेक्ट युनेस्को मलाला फन्ड फर गर्ल्स राइट टु एजुकेट कोषमार्फत् पुरस्कृतसमेत भएको छ । उत्प्रेरणादायी र प्रभावशाली महिलाको पहिलो नम्बरमा प्रिसियस आडम्स परेकी छन् । अमेरिकाकी उनलाई कला क्षेत्रमा र्पुयाएको योगदानको मूल्यांकन गर्दै पहिलो नम्बरमा राखिएको हो ।

आइरन लेडी अफ काश्मीरको उपमा पाएकी मानव अधिकारवादी प्रभीना अह्यांगर दोस्रो नम्बरमा छिन् । त्यस्तै, तेस्रो र चौथोमा क्रमशः इटालीकी राजनीतिक पियरा अइलो र क्रिकेटर जस्मिन अक्तर परेका छन् । यसअघि सन् २०१८ को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा पनि नेपालवाट सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी पर्न सफल भएकी थिईन् । उनि अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गरेर परिचय दिन सफल रहेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here