काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ ।
आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्केर पुरिँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियार छन् ।