विहेमा कम खर्च गर्नु पनि हुन सक्छ चिन्ता र सम्बन्ध विच्छेदको कारण

काठमाडौं । विहेलाई सम्झनलायक बनाउनको लागि मानिसहरु धेरै खर्च गर्नेदेखि अन्य धेरै प्रकारका कामहरु पनि गर्ने गर्छन् । लुगा र गहनाको लागि मात्रै मानिसहरु लाखांै रकम खर्च गर्ने गर्छन् ।

पछिल्लो समयमा धेरै बिवाहहरु देखावटी र चर्को खर्चका कारण आलोचनाको शिकार बनेको पनि देखिन्छ । धेरै मानिसहरु विहे आफ्नो क्षमता अनुसार गर्नुपर्छ भन्ने ठान्छन् । अरुको देखासिखी गर्नुभन्दा आफ्नो क्षमताअनुसार विहे गर्ने मानिसहरु खुशी हुन्छन् ।

तर, हालैको एक अध्ययनले भने मानिसहरुलाई झस्काउने खालको निश्कर्ष निकालेको छ । अध्ययनका अनुसार कम खर्च गर्दै सामान्य रुपमा गरिने बिहे चिन्ता र सम्बन्ध विच्छेदको कारण बन्न सक्छ ।

के भन्छ अध्ययन ?

नोवी मनीद्धारा पछिल्लो १० वर्षमा विहे गरेका १ हजार जोडीमा गरेको सो अध्ययन अनुसार बिहेमा कम खर्च गर्दा पछि चिन्ता हुने गरेको उनीहरुले स्विकार गरेका छन् ।

अध्ययनले लाखौं रकम खर्च गर्ने मानिसहरु खुशी देखिए भने ७० हजार भन्दा कम खर्चमा विहे गर्ने मानिसहरु बढी चिन्तामा देखिए ।

धेरै पैसा खर्च गरेमा पनि चिन्ता

केही मानिसहरु यस्ता पनि भेटिए जसले आफ्नो विहेमा पानी जस्तै पैसा खर्च गरेका छन् तर पनि उनीहरुको जीवन सफल हुन सकेको छैन् ।

ऋण खोजेर धेरै पैसा खर्च गर्दै गरिएको विवाहको कारण पनि केही मानिसहरु चिन्ता र डिप्रेसनको शिकार भएको अध्ययनले भेटाएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here