९.९९ अंकले घट्याे नेप्से, काराेबार भने बढ्याे

काठमाडौं । आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । यो गिरावटसँगै बजारको परिसूचक नेप्से २७३८ मा कायम भएको छ । मौद्रिक नीतिको समीक्षामा कुनै पनि नीतिगत व्यवस्था नगरिएका कारण नेप्से घटेकाे सम्बन्धित विज्ञहरु बताउँछन् ।

कारोबार रकम भने केही बढेको छ। कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । गत बिहीबार ८ अर्ब ५४ करोडको भएको थियो ।

६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रहेकाे छ ।

आज विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढेकै कारण व्यापार समूहमा उच्च वृद्धि देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here