१९.९७ अंकले बढ्यो नेप्से, काराेबार १० अर्व माथि

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएर बन्द भएको छ ।

आजकारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको काराेबार भएको हाे। आज १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो । त्यस्तै ५ को स्थिर रहेकाे छ।

आज होटल तथा पर्यटन सेक्टरका कम्पनीको सुचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here