काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १७ दशमलव ८० अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ । आज परिसुचक बढेपनी कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भएको नेप्सेले जानकारी दिएको छ ।
मंगलबार कारोबारमा आएका १४२ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने ५ को स्थिर रह्यो ।
आज फाइनान्स १ दशमलव ३९, हाइड्रोपावर १ दशमलव ८५, जीवन बीमा १ दशमलव ५२, उत्पादन ०दशमलव ०६, व्यापार ५दशमलव९६ र अन्य समूह ० दशमलव२७ प्रतिशत बढे । बैंकिङ ०दशमलव १९, विकास बैंक ० दशमलव३७, होटल तथा पर्यटन १दशमलव७१, लगानी ०दशमलव ४१, माइक्रोफाइनान्स ०दशमलव३२ तथा निर्जीवन बीमा समूह ०दशमलव५२ प्रतिशत घटे ।
४ हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।