शेयर बजार पुनः ओरालोतर्फ, नेप्से ५ अंकले घट्दा साढे १९ करोडको कारोबार

काठमाडौं, २९ असोज । मंगलवार केही सुधारमा देखिएको शेयर बजार बुधवार पुनः ओरालो लागेको छ ।

बुधवार नेप्से परिसूचक ५.०१ अंकले घटेर १ हजार १ सय ३७.०३ अंकमा झर्यो । यो संख्या अघिल्लो दिनको तुलनामा ०.४४ प्रतिशत कम हो ।

बुधवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स १.६४ अंकले बढेर २ सय ४८.५८ अंकमा झरेको छ ।

बुधवार १ सय ५९ कम्पनीको ७ लाख ३६ हजार ८ सय ८३ कित्ता शेयर किनबेच हुँदा १९ करोड ६६ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार विकास बैंक, सामुहीक लगानी कोष र जलविद्युत बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै अन्य समुहको सूचक घट्यो । अन्य समुहको सूचक १.३१ प्रतिशत घट्यो ।

बुधवार सबैभन्दा धेरै ग्लोबल आईएमई समुन्नतका शेयर भनीले कमाए । ग्लोबल आईएमई समुन्नतको शेयर मूल्य ३.९२ प्रतिशत बढ्यो । त्यस्तै, एनएलजी इन्स्योरेन्सको ३.८७ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ४.३१ प्रतिशत घट्यो । त्यस्तै, मेरो लघुवित्त वित्तीय संस्थाको ३.४४ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । बैंकले ५ करोड ४४ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here