ओरालो लाग्यो नेप्से, कारोबारमा भने वृद्धि

काठमाडौं । बुधबार नेप्से परिसूचक २४.९७ अंक घटेको छ । आज सेयर बजार २७५० अंकमा कायम भएको छ ।

बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भएकाे हाे ।

१०४ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो ।

अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार समूह आज सबैभन्दा धेरै ८.७ प्रतिशत घट्यो । त्यस्तै ल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूह ८.७२ प्रतिशत घटेकाे नेप्सेले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here