भोकमरीको सूचांक: नेपालको अवस्था खस्कियो ,कुन देश कति औ स्थानमा ?

youth foundation

काठमाडौं २९ असोज । भोकमरीको सूचांकमा नेपाल ७३ औं स्थानमा रहेको छ । यसअघि अघिल्लो वर्ष ७२ औं स्थानमा रहेको नेपाल ग्लोबल हंगर इन्डेक्स नामक गैरसरकारी संस्थाले पछिल्लोपटक सार्वजनिक गरेको सूचांकमा एक स्थान खस्किदै ७३ औं स्थानमा रहेको हो । छिमेकी मुलुक भारतमा भने भोकमरीको अवस्था भयावह रहेको प्रतिवेदनमा उल्लेख छ । भोकमरीको सूचांकमा अघिल्लो वर्षको तुलनामा नेपालको अवस्था खस्किएपनि दक्षिण एशियाली देशहरुमध्येमा भने नेपालको अवस्था राम्रो रहेको उक्त अध्ययनले देखाएको छ ।

दक्षिण एशियाली मुलुकमध्ये सबैभन्दा माथि श्रीलंका ६६ औं स्थानमा छ । त्यसपछि दोस्रोमा नेपाल रहेको छ । बंगलादेश यस सूचीमा ८८ औँ स्थानमा छ भने पाकिस्तान ९४ औँ स्थानमा र भारत १०२ औँ स्थानमा रहेको छ । दक्षिण एशियाली देशमा भोकमरीको सबैभन्दा धेरै समस्या अफगानिस्तानमा रहेको छ । यस सूचीमा अफगानस्थान १०८औं स्थानमा रहेको छ। भूटान र माल्दिभ्स भने सूचिमा समावेश छैनन् । यसैगरी म्यान्मार ६९, चीन २५ औँ स्थानमा रहेको छ ।

बेलारुस, बोस्निया, बुल्गेरिया, चिली, कोस्टारिका, क्यूवा, इस्टोनिया, कुवेत, लगायतका देशहरु पोषण र खाद्य सुरक्षाका दृष्टिकोणबाट अग्र स्थानमा रहेका छन् । ११७ देशको सूचक सार्वजनिक गरेकोमा उच्च आय भएका देशहरु भने समावेश गरिएको छैन् । एशियाको तेस्रो ठूलो अर्थव्यवस्था र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको भारत नेपालभन्दा पछाडि रहेको छ ।

सम्बन्धित देशका नागरिकले पेटभरी खाना खाए– नखाएको, बालमृत्युदरको अवस्था, बाल कुपोषणजस्ता आधारलाई यो सूचकाङ्क तयार गरिन्छ । भोकमरी नभएकोलाई शुन्य अंकको आधार मानी सूचांक निकालिएकोमा ५ अंकभन्दा कम भएका र तथ्यांक प्राप्त नभएका मुलुकलाई सूचीमा समावेश नगरिएको जीएच्आईले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here