‘रिर्भस बायर सेलर मिट’ र ‘भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९’ मा सहभागि हुन चेम्बर प्रतिनिधीमण्डल भारत प्रस्थान

काठमाडौं, २९ असोज । भारतको नयाँ दिल्लीमा अक्टोबर १७ देखि १९ सम्म हुने ‘रिभर्स बायर सेलर मिट २०१९’ र ‘भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९’ मा भाग लिन नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधीमण्डल भारत प्रस्थान गरेको छ ।

बुधवार विहान अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यिय प्रतिनिधी मण्डल नयाँ दिल्लीमा र ३८ सदस्यिय प्रतिनिधीमण्डल गोवा प्रस्थान गरेका हुन् ।

नयाँ दिल्लीमा हुने ‘रिभर्स बायर सेलर मिट २०१९’ मा उद्योग, व्यापार सञ्चालनका लागि क्रेता र बिक्रेताहरुबिच समन्वय र सहकार्य गर्ने मौका मिल्ने भएकाले चेम्बर अफ कमर्सबाट उद्यमी व्यवसायीहरुको सहभागिता रहेको छ ।

गोवा राज्यमा भएका उद्योग एंव व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यवसायीक अवसर प्राप्त भई व्यवसाय तथा ज्ञानको आदान प्रदान गर्न करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीको सहभागिता हुने बताईएको छ ।

सो एक्स्पोमा कृषि तथा खाद्य प्रसोधन, निर्माण व्यवसाय, हल्का इञ्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिबहन, सूचना प्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेष्टिनेशन आदी क्षेत्र समावेश भएकोले नेपाली उद्यमी व्यवसायी सो एक्स्पोमा भाग लिन आज गोवातर्फ प्रस्थान गरेको हो ।

गोवामा हुने उक्त एक्स्पोमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले भूपरिवेष्ठित विकाशोन्मुख मुलुकहरुमा देखिएका अवसर र चूनौती विषयमा प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here