काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक घटेको छ । आज बजार २७३४ मा कायम भएको हाे ।
काराेबारमा आएका कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको कारोबार भएकाे हाे ।