काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुरा नै नभएको बताएका छन् ।
आज विमानस्थ्लमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने ‘बीआरआईमा ऋणको कुरा नै उठेको छैन कति ऋण भनेर कति सारंगी बजाको ? अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ ।’