काठमाडौं । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुक भारत भ्रमणमा पुगेका छन् । उनी दुई दिने भारत भ्रमणलागि बिहीबार नयाँ दिल्ली पुगेका हुन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटघाट गरे ।
भुटानी राजा र रानी शुक्रबार नेपाल आउने छन् । उनीहरु भुटान फर्कने क्रममा अनौपचारिक रुपमा काठमाडौं आउन लागेका हुन् । उनले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् ।
भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने भएका हुन् । उनीहरुको भ्रमणका लागि सुरक्षा प्रबन्ध मिलाइएको छ । राजा बिहान करिब १० बजेतिर काठमाडौं ओर्लिने छन् । यो भ्रमणका दौरान कुनै औपचारिक भेटघाट भने हुने छैन ।