इलाका प्रशासन र विदेशी नियोगमा सूचारु भयो राहदानी सेवा

काठमाडौं । राहदानी विभागले २२ जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिएको राहदानी सेवा पुनः सुरु गरेको छ ।

राहदानी प्रणालीमाथि खतरनाकम साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ ।

अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहेको विभागले जनाएको छ । सबै जिल्ला र विदेशस्थित नियोगमा पनि सेवा ‘रि स्टोर’ हुन सकेको छैन ।

‘हालसम्म जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरू गरी २२ स्थानबाट सेवा सुचारु गरिएको र अन्य स्थानहरूबाट क्रमशः तीव्रता पूर्वक काम भइरहेकोले केही दिन भित्रमा सबै स्थानबाट सेवा सुचारु गरिने छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ गरी नियमित प्रक्रियाबाट सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउने काम भइरहेको सूचनामा उल्लेख छ ।

सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको भन्दै विभागले असुविधाप्रति क्षमायाचना गरेको छ ।

विद्युतीय राहदानी प्रणालीमाथि साइबर हमला भएपछि ५ मंसिरदेखि १० मंसिरम्म विभागको सेवा ठप्प भएको थियो ।

त्यसपछि विभागको कार्यालयबाट द्रुत सेवामा मात्रै राहदानी दिने सुविधा दिइएकोमा विभागले क्रमशः जिल्लास्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा सेवा पुनः सुरु गर्दै लगेको छ ।
अझै दर्जनौं कार्यालयहरू मा राहदानी सेवा कहिले सुरु हुन्छ भन्ने अनिश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here