काठमाडौं । आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने प्रक्षेपण गरिएको छ ।
पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो ।
आज उपत्यका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागले हुस्सु–कुहिरो र कतै वर्षा–हिमपातको असरले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा असर पर्न सक्ने बताएको छ। जाडो पनि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ । यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ । यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने जनाएको थियो