सार्वजनिक भयो ‘ओपो रेनो टु एफ’ यस्ता छन् विशेषता, मूल्य कति ?

काठमाडौं, २९ असोज । ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

बुधवार एक कार्यक्रमका बिच कम्पनीले रेनो टु एफ सार्वजनिक गरेको छ । यो फोन कार्तिक १ गतेबाट मात्रै बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

बुधवार सार्वजनिक भएको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी ¥याम, हिडन फिंगरप्रिण्ट लगायत विभिन्न फिचर्सहरु उपलब्ध छ ।

प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने सोचका साथ उपकरणका विभिन्न पक्षमा थप सुधार गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार रेनो टु एफ को मूल्य ४६ हजार ९ सय ९९ रहेको छ ।

यस्तो छ रेनोटू एफ

ओपो रेनोटू एफमा यस पटक कम्पनीले चारओटा क्यामेराको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका कम्पनीले बताएको छ ।

ओपो रेनोटू एफले अदृतिय तस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमतापनि रहेको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ ।

यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक रहेको छ ।

ब्याट्री

ओपोेले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमापनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको छ । यस कुरालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ ।

यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्थापनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालितरुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पु¥याउँछ ।

कम्पनीले यसको समाधानका रुपमा फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here