गोरखा । धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना हुँदा भारतीय ग्यास बुलेटका चालक र सहचालक बेपत्ता भएका छन् ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा भएको छ । चालक र सहचालकको खोजी कार्य जारी छ ।
ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको छ । प्रहरीले दुर्घटनामा क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।