काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बढेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ पुगेको हो । आईतबार सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।