लुम्बिनी लायन्सले दियो चितवन राइनोजलाई १६८ रनको लक्ष्य

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको लक्ष्य दिएको हो ।

रोहितले ५७ बलमा पाँच छक्का र ६ चौका मद्दतमा ८० रन बनाए । जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाएर आउट भए । ओपनर अर्जन साउदले १५ र टोम मूरेसले १० रन बनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here