काठमाडौं । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण दिने भएको छ।
विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।
नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ)को दोस्रो शृंखलाअन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।
डीपीओ काे याे शृंखला नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न उत्प्रेरकको काम गर्ने नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले बताए । साथै यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सृजना र संरक्षण गर्ने बिश्वास व्यक्त गरे ।