काठमाडौं । काठमाडौंमा तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रको तापक्रम माइनसमा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७, जोमसोमको माइनस ५ र दोलखा जिरीको माइनस २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।
हिजोको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज
काठमाडौं उपत्यकाको मौसम आज सफा भएपनि तर तराई र पहाडका बेँसीहरूमा भने हुस्सु र कुहिरो लागेको छ ।
आज गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।