काठमाडौं । हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा १ सय जनाको मृत्यु भएको छ।
बिबिसीका अनुसार फ्रान्सको स्वामित्वमा रहेको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानबाट करिब १ सयकाे मृत्युु भएको अधिकारीहरुले अनुमान गरेका हुन्।
मायाेट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ ।
तुफानबाट हजारौं व्यक्तिहरु प्रभावित भएका छन् ।