काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज बढेर १ लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको हो ।
आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको सुन सोमबार ४ सय र आज २ सयले वृद्धि भएको हो ।
यता चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदीको मूल्य त्यसपछि १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।