सामान्य उकालाे लाग्याे नेप्से, ४ अर्ब ३४ करोडकाे काराेबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य उकालो लागेको छ । यसअघि लगातार ओरालो लागिरहेको नेप्से आज २.९५ अंकले बढेकाे हाे । आज २६ सय ३३ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय १८ कम्पनीका ८९ लाख ३९ हजार बढी कित्ता सेयर किनबेच भएको छ। जसबाट ४ अर्ब ३४ करोड ३२ लाखकाे काराेबार भएको नेप्सेले जानकारी दिएकाे छ।

आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक ओरालो लागेकाे छ भने ८ समुहको परिसुचक उकालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here