काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको सामाजिक सञ्जालमा भाइरल बनेको फोटो उनका समर्थक डा निकोलस भुसाल खिचेको बताइएको छ । भसुााले सो फोटो आफुले खिचेको र त्यसमा खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।
बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।
रविका समर्थकहरुले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै आलोचना गरिरहेको बेलामा भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । ‘मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवाफत नेपाल नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’
भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको बेलामा रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको बताएका छन् ।
फोटोलाई भाइरल गराउने वा अन्य नराम्रो सोचेर नभई उनको स्वास्थ्य अवस्था ठिकै छ भन्न मात्र फोटो खिचेको बताए । यता कास्की प्रहरीले भने रविको भनिएको भाइरल फोटोको वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ ।