काठमाडौंका यी स्थानमा आज बिजुली आपूर्ति कटौती गरिदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिहान बिजुली आपूर्ति कटौती गर्ने भएको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्न लागेको बताएकाे हाे।

सूचना अनुसार बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्रविधि जडान कार्य भइरहेकाले बिजुली आपूर्ति कटौती हुने भएको हो ।

बिजुली आपूरती रोकिँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here