विद्युत प्राधिकरणमा १ हजार ८३ जनालाई रोजगारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा १ हजार ८३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार एक विज्ञापन निकाल्दै अधिकृत र सहायकस्तर गरी विभिन्न समूहका तह ७ देखि १० सम्मका (अधिकृतस्तर) १९५ जना र विभिन्न समूहका ५ तह (सहायकस्तर)मा ८८८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न लागेकाे बताएको हाे ।

इच्छुकले आगामी पुस २५ गते छ सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेरमा भने माघ ३ गतेसम्म आवेदन दिन सकिने छ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

सहायक स्तर तह ५का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन ।

अधिकृतस्तरमा ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर र प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ ।

त्यस्तै ७ लेखा अधिकृतमा ३१ जना माग गरिएको छ । साे पदका लागि वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तीर्णले दरखास्त दिन पाउनेछन् । प्राविधिकतर्फ तह ७ कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले आवेदन दिन सक्नेछन् ।

प्राविधिकतर्फ तह ७ सिभिल इन्जिनियर ९ जना माग गरिएको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here