युनाइटेड फाइनान्सले अनलाइनबाटैे ऋणीको योग्यता मापन गर्ने

काठमाडौं,असोज ३० । युनाइटेड फाइनान्स र एसबी सोलुसन्स् प्रालिबीच ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिन सम्झौता भएको छ । सम्झौता पत्रमा युनाइटेड फाइनान्स प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र एसबी सोलुसन्स् प्रालि अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार आन्तरिक कर्जा प्रक्रियालाई ‘डकुमेन्ट मेनेजमेन्ट सिस्टम’ द्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवा समेत प्रदान गर्नेछ ।

उक्त सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भए बमोजिम अब बैंकले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ ।

युनाइटेड फाइनान्स लि.ले प्रदान गरेको अनलाइनपोर्टलबाट अनलाइललोन इलिजीबिलिटी सेवा उपयोग गरि ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सो को लागि निवेदन समेत गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here