काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से अन्तिम समयमा २८.९१ अंकले बढ्दै २६ सय १२ को विन्दुमा पुगेर रोकिएर बन्द भएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय १५ कित्ता सेयर ५५ हजार ९ सय ३८ पटक किनबेच भएको छ । जसबाट ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएकामध्ये १ सय ९४ कम्पनीको सेयरमूल्य बढेको छ भने ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।