काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ। त्यस्तै चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ।
यता युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ। केन्द्रीय बैंकले तय गरेको विनिमयदर अनुसार
अमेरिकी डलर एकको खरिददर १ सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ५० पैसा कायम भएको छ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १ सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।
त्यसैगरी जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा निर्धारण भएको छ।