काठमाडौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।
विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको कजाकिस्तानको आपतकालीन मन्त्रालयले जानकारी दिएको छ । जहाजमा ६७ जना यात्रु सवार रहेको अन्तरराष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अजरबैजान एयरलाइन्सको जे२–८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई डाइभर्ट गरिएको समाचारमा जनाइएको छ ।