मदिराको विज्ञापन राखेकाे भन्दै महानगरले हटायाे साेनु निगमकाे कन्सर्टकाे बाेर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले विज्ञापन बोर्डमा मदिराको विज्ञापन राखेकाे भन्दै हटाएकाे छ। बौद्ध ह्यात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हाे।

महानगरपालिकाका अनुसार अनधिकृत रुपमा राखिएका १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाइएको हो ।

साे कन्सर्टमा सहभागी हुन भारतीय गायक सोनु निगम पनि काठमाडौं आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here