वित्तीय क्षेत्रमा करियर बनाउन चाहने युवा वर्गलाई लक्षित कार्यक्रमको सुरुवात

काठमाडौं,३० असोज । राष्ट्रिय वाणिज्य बैंकले युवा वर्गलाई लक्षित गर्दै “आरबिबि इम्पावरमेन्ट एकेडेमी” कार्यक्रमको सुरुवात गरको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवालाई लक्षित गर्दै बिहीबार एक समारोह बीच उक्त कार्यक्रमको सु्रुवात गरेको हो । बैंकले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त एकेडेमीको सुरुवात गरेको जनाएको छ ।

यस एकेडेमीबाट विशेष गरी युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन्। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृति विकासका लागी र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम केन्द्रको सुरुवात गरिएको बताए।

बैंकले सञ्चालक गर्ने एकेडेमीले पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं.३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाले यसबाट भरपुर लाभ लिन सक्न साथै ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग पुग्ने सीईओ श्रेष्ठको भनाई छ। वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाडौं स्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ ।

विस्तृत जानकारीका लागी बैंकको अफिसियल वेबसाईट www.rbb.com.np मा लग इन गरी प्राप्त गर्न सकिने छ । बैंकले गत आ.व. २०७५-०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here