१५ अर्बको सिमेन्ट परियोजना कार्यान्वयन हुने, बोर्ड र कम्पनीबीच सम्झौता

काठमाडौं । लगानी बोर्ड र सम्राट सिमेन्टबीच १५ अर्ब रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली र सम्राट सिमेन्टका अध्यक्ष अनिलकुमार रुंगटाबीच एमओयूमा हस्ताक्षर भएको बोर्डले जनाएको छ ।

बोर्डको ४४औं बैठकले सम्राट सिमेन्टमा १५ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृति दिएको थियो । कार्यक्रममा सीईओ ज्ञवालीले कम्पनीको लगानी कार्यान्वयन प्रक्रिया अगाडि बढेकोमा बधाई दिएका थिए ।

कम्पनी अध्यक्ष रुंगटाले वातावरणमैत्री उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

६ अर्ब रुपैयाँभन्दा माथिका परियोजना लगानी बोर्डमार्फत अगाडि बढाउने प्रावधान छ । सोही अनुसार कम्पनीसँग एमओयूमा हस्ताक्षर भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here