सर्वेन्द्र खनालद्धारा कुनै दलमा नरहेको घोषणा, छाडे एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’ यसअघि उनी एमालेमा आवद्ध थिए ।

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनी औपचारिक रुपमा ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । च्यासलस्थित पार्टी कार्यालयमा आयोजिक एक समारोहका बीच उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए ।

खनाल काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले हराए । तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवारी दिए । त्यहाँ पनि उनी रास्वपा नेता स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here