काठमाडौँ । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । उडान नं ९५३ जहाज कलसाइन नाइनएन-एजेएसमा दायाँ इञ्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं डाईभर्ट गरि गरिएको हो ।
जहाजलाई त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।