काठमाडौं । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत अवस्थामा भेटिएकी छन । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका–२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले जानकारी दिएका छन ।
उनले भने, ‘खाजा घरमा काम गर्दै आएकी थिइन् । आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं।’ उनका अनुसार गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाईएको र थप अनुसन्धान भरहेको छ । मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् ।
सोही खाजा घरको कोठामा उनी बस्ने गर्दथिन्। उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेकी थिइन् । मालिका गाउँपालिका ८ का वडाध्यक्ष सुर्यबहादुर जिसीले घटना थाहा पाएपछि मृतकका बाबु थम्मनबहादुर कुमाल र उनकी श्रीमतिलाई रुपन्देही पठाइएको जानकारी दिए ।
[…] काठमाडौं । गुल्मीको मालिका गाउँपालिकाका एक कर्मचारीले चलाउँदै आएको मोटरसाइकल करिब २ हप्तादेखि सडकमै बेवारिसे अवस्थामा देखिएको छ । सरकारी नम्बर प्लेटको उक्त मोटरसाइकल ती कर्मचारीले माघ २४ गतेदेखि सडकमै छोडेर हिँडेपछि बेवारिसे बनेको छ । कच्ची सडकको छेउमा थन्किएको लु १ ब ८७७ नम्बरको मोटरसाइकल वडा नम्बर–१ नेटा वडा कार्यालय सहायक सुनिल थापाले प्रयोग गर्दै आएको बताइएको छ । घरदेखि वडाकार्यालय जाने क्रममा मोटरसाइकल बिग्रिएकाले सडकमै छोडेको उनले बताएका छन् । तिलोत्तमामा रेष्टुरेन्टमा काम गर्ने … […]