काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा झिनो वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यता आज चाँदीको भाउ भने स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।