काठमाडौं । विगतका ६ दिन देखि लगातार बढेकाे नेप्से साताको अन्तिम कारोबार दिनमा घटेर बन्द भएको छ। सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ ।
आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ। बजारको परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ ।
अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो ।
आज जम्मा ५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.९९ प्रतिशत बढेका छन् भने अन्य सबै सेक्टर घटेका छन् । फाइनान्स २.९३ प्रतिशत , बैंकिङ ०.४३, विकास बैंक २.०४, हाइड्रोपावर ०.३८, लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.२५, निर्जीवन बीमा ०.३४, अन्य ०.४४ र व्यापार ०.७४ प्रतिशत घटे ।
दुई हाइड्रोपावर कम्पनी बाराही र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । रिभरफल्स पावरको ८.१९, न्यादीको ८.११ प्रतिशत मूल्य बढ्यो ।