राज्यभिषेकसँगै माहाकालीको नाट्य श्रृङखला रामलिला समापन

पप्पु गुरुङ्ग-दोधारा, १ कात्तिक । रामायणको कथामा आधारित माहाकाली नगरपालिकाको रामलिला नाटक श्रृङखला एक कार्यक्रमका बीच समापन गरिएको छ् । माहाकाली नगरपालिका वडा नं। ७ बाबाथान स्थित श्री लक्ष्मी माध्यमिक बिद्यालयको खुला मञ्चमा श्री आदर्श रामलिला ब्यवस्थापन समिति माहाकालीले आयोजना गरेको रामलिला नाट्य श्रंखला हिजो बिधिवतरुपमा समापन गरिएको हो ।

श्री आदर्श रामलिला ब्यवस्थापन समिति माहाकालीको पहलमा लोपोन्मुुख कला संस्कृतिको संरक्षण सम्वर्धन र उन्नयन गर्दै नयाँ पुुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संचालित रामलिला एक समारोहका विच समापन गरिएको हो । १५ गते संचालन गरिएको नाट्य श्रंखलामा कलाकार, निर्देशक, सहयोगीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको श्री आदर्श रामलिला ब्यवस्थापन समिति माहाकालीका सचिव गोबिन्द नेपालीले जानकारी दिएका छन् ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको माहाकाली नगरपालिकाको रामलीलाले यो वर्ष समेतको गरी २२ औं श्रृंखला पुरा गरेको श्री आदर्श रामलिला ब्यवस्थापन समिति माहाकालीले जनाएको छ् । पुराना कलाकर शुशिल रानाको निर्देशन तथा प्रेम क्षेत्री संगित निर्देशनमा यस वर्षको रामलिला नाट्य श्रंखला सफलता पुर्वक सम्पन्न भएको बताईएको छ् । रामलिलाका खल पात्रकोरुपमा कोतवाल (दान बहादुर थापा) ले सदाको वर्ष जस्तै यस वर्ष पनि दर्शकको प्यारो रहे ।

उनि खल पात्र मात्रै नभई रामलिलाको नाट्य श्रंखलाको प्रमुख हास्य कलाकार रहे । ‘सबैको सहयोग र सक्रियतामा यसपालीको रामलिला भब्य, सभ्य र सफलता पुर्वक सम्पन्न भयो’ श्री आदर्श रामलिला ब्यवस्थापन समिति माहाकालीका सचिव गोबिन्द नेपालीले बताए । रामायणमा आधारित रामलिलाले संस्कृतिलाई जोगाउन मद्धत पुग्ने विश्वास गरिएको छ् । मर्यादा पुरुषोत्तम भगवान श्री रामले लंका विजय पश्चात आफ्नो मातृभूमि अयोध्या फर्किए । राम राज्यको स्थापना भयो ।

एउटा यस्तो समाज जहाँ हत्या हिंसाको कुनै स्थान थिएन । ‘असत्य माथी सत्यको बिजयी र एउटा सभ्य समाज अर्थात राम राज्य स्थापना गर्ने उद्धेश्यले श्री आदर्श रामलिला नाट्य श्रृंखला गरिएको आयोजक संस्था श्री आदर्श रामलिला ब्यवस्थापन समिति माहाकालीले जनाएको छ् । बक्ताहरुले रामलिलाबाट सामाजका लागि लाभदायक विषय अनुशरणमा जोडदिए । उनले समाजलाई रामलीला नाट्य श्रृंखलाको माध्यमबाट सकारात्मक दिशा तर्फ उन्मुख गराउन रामलीलाले भूमिका निर्वाह गर्ने उनिहरुको भनाई रहेको छ् ।

श्री आदर्श रामलिला ब्यवस्थापन समिति माहाकालीका अध्यक्ष किशोर कुमार लिम्बुको सभापतित्वमा संचालन भएको समापन कार्यक्रमका प्रमुख अतिथी उड्यन पर्यटन बन तथा बाताबरण राज्य मन्त्री प्रकाश रावल रहेका थिए भने बिशिष्ठ अतिथीमा प्रदेश सभा सदस्य मान बहादुर सुनार, नेपाली काग्रेंसका बेल बहादुर राना, माहाकाली नगरपालिकाका उपप्रमुख चिनी ओझा गिरी, माहाकाली नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री रहेका थिए । यस्तै अतिथीमा माहाकाली नगरपालिका वडा अध्यक्ष, सदस्य, राजनितिक दलका प्रतिनिधी, रामलिलामा सहयोग गर्ने सहयोगीहरु तथा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

माहाकाली नगरपालिकाको आध्यत्मिक कार्यक्रमको समापन पछि दर्शक तथा भक्तजनहरु ताली बजाउदै खुशी ब्यक्त गरेका थिए । रावण मृत्यु पछि रावणको ठुलो पुत्ला दहन गरि असत्य माथी सत्यको बिजय खुशी मनाउदै खुशी मनाएका थिए । रामलिला समितिले समाजमा पश्चिमी संस्कृतिका कारण भईरहेको विकृती हटाउदै भाईचाराको भावना जागृत गराउनका लागि रामलिला मञ्चन गरिएको दाबी गरेका छन् ।

रामलिलालाई सभ्य तथा भब्य बनाउन सहयोग गर्ने सबैमा श्री आदर्श रामलिला ब्यवस्थापक समितिले धन्यबाद दिएको छ् । उड्यन पर्यटन बन तथा बाताबरण राज्य मन्त्री प्रकाश रावलले माहाकाली नगरपालिकाको रात्रीकालिन रामलिला समापन कार्यक्रमको सम्बोधन गर्दै सामाजिक सद्भावको लागि रामलिला जरुरी रहेको जोड दिएका छन् । मर्यादा पुरुषोत्तम रामचन्द्रको जिवन कहानीमा आधारित रामलिला नाटकबाट सामाजिक सद्भाव, राज्य व्यवस्था प्रतिको उत्तरदायित्व, भातृ प्रेम, पिताको पैतृक आज्ञा, राष्ट्र प्रमुखको राष्ट्र प्रतिको माया र जनताको उत्तरदायित्व, सामाजिक रितिरिवाज कायम राख्न बिशेष भुमिका खेल्ने भएकोले रामलिला हुन जरुरी रहेको उड्यन पर्यटन बन तथा बाताबरण राज्य मन्त्री प्रकाश रावलले बताएका छन् ।

रामलिलाबाट टाढा टाढा रहेका इष्टमित्र, भाई बन्धुहरु सितको भेटघाट, सामाजिक सदभावको नविकरण हुने गरेकोले यस्ता सामाजिक तथा धार्मिक नाटकहरुबाट विमुख हुदै गरेको समाजिक सदभाव, खलबलिनबाट बचाउने तथा वर्तमानका युवा पिढीहरुका लागी समेत ज्ञानबर्धक भई सामाजिक सुधारमा उन्नति हुने कुरामा जोड दिदै सनातन हिन्दु धर्मको जिवनशैली तथा संस्कार, आस्था तथा बिश्वासको संरक्षण र समाजिक सदभावको सम्बद्र्धधनको लागि रामलिलाले ठुलो भुमिका खेलेको भन्ने कुरामा जोड बक्ताहरुले जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here