वृद्धभत्ताका शुत्रधार पूर्वअर्थमन्त्री अधिकारीको निधन

काठमाडौं, १८ फागुन । नेकपाका वरिष्ठ नेता भरतमोहन अधिकारीको निधन भएको छ । पूर्वउपप्रधान तथा अर्थ मन्त्री अधिकारीको शनिबार साँझ ९ः३५ बजे काठमाडौंको ह्याम्स हस्पिटलमा निधन भएको हो ।

अधिकारी तीन साता देखि उक्त अस्पतालमा उपचारार्थ थिए । पछिल्लो तीन दिन यता अधिकारीको स्वास्थ्यमा निरन्तर गिरावट आएको र चिकित्सा विज्ञानका सबै उपाय लगाउँदा पनि बचाउन नसकिएको अस्पतालले जानकारी दिएको छ ।

तीन पटकसम्म देशको अर्थमन्त्रीका रुपमा ढुकुटी सम्हालेका भरतमोहन अधिकारी लोकप्रिय अर्थमन्त्री मानिन्छन् । उनले पहिलो पटक आव २०५२ र५३मा ५१ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएका थिए । सोही बजेटबाट पहिलो पटक ७५ वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि वृद्धभत्ताको व्यवस्था शुरु भएको थियो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम, आफ्नो गाउँ आफै बनाऔं जस्ता लोकप्रिय नारा र सफल कार्यक्रम कार्यान्वयनको शुरुवात गरी भरतमोहनले तत्कालिन नेकपा एमालेको राजनीतिक यात्रालाई सहज बनाइदिएका थिए । उनले ल्याएको यो बजेट उनी आफैले भने कार्यान्वयन गर्न पाएका थिएनन् । बजेट आएका दुई महिनामा तत्कालिन सरकार ढलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here