कालिमाटी तरकारी बजारमा आउने ६६ प्रतिशत आलु भारतीय

काठमाडौं, १ कात्तिक । कालिमाटी तरकारी तथा फलफूल बजारमा आउने गरेको कुल आलुमा ६६ प्रतिशत आलु भारतबाट मात्रै आउने गरेको छ ।

पछिल्लो एक महिनाको आलु आयातको तथ्यांकले ६६ प्रतिशत आलु भारतबाटै आयात हुने गरेको देखाएको हो ।

गएको एक महिनामा कुल ४ हजार ९ सय ९३ टन आलु कालिमाटी तरकारी बजारमा आईपुगेकोमा भारतबाट मात्रै ३ हजार ३ सय ३ टन आलु आएको छ ।

यसैकारण भारतमा आलुमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालको तरकारी बजारमा पर्ने गरेको कुरा कालिमाटी तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठ बताउछन् ।

‘स्वीकार गरे पनि नगरे पनि हामी पूर्ण रुपमा भारतसंगै आश्रित छौं,’ उनले भने, ‘दुईतिहाई आलु भातबाट आउँछ । अरु धेरै तरकारीमा त्यस्तै अवस्था छ ।’

कुनै एक देशसँग मात्रै आश्रित हुँदा उक्त देशको व्यापार घाटा वा त्यहाँ भएको मूल्यवृद्धिको प्रत्यक्षरुपमा असर पर्ने श्रेष्ठ बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here