दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् ।

भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन् ।

उनलाई दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी पक्राउ गरिएको बीबीसीले जनाएको छ । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको भन्दै गत ३ डिसेम्बरमा मार्शल ल घोषणा गरेका थिए ।

तर आफ्नै पार्टीका नेता र विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । १४ डिसेम्बरमा उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो ।
हाल उनि निलम्बित अवस्थामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here