काठमाडौं,१ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारी कर्मचारीलाई लक्षित गर्दै आक्रोशित भएका छन् । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुका लागि भक्तपुरमा आयोजना गरेको दुई दिने प्रशिक्षणको उद्घाटन गर्न पुगेका सभापति देउवा सरकारी कर्मचारी प्रति खनिएका हुन् ।
सरकारी कर्मचारी सत्तारुढ दल नेकपाको पछि लागेकोप्रति आपत्ति जनाउँदै देउवाले जनताको करबाट तलब खाएर कुनै दल विशेषका पछि लाग्ने सरकारी कर्मचारीको एक–एक हिसाब राखिने चेतावनी दिए ।
कार्यक्रम उद्घाटनको क्रममा आफ्नो भनाई राख्दै देउवाले ‘जनताले तिरेको कर खाएर कुनै एक पार्टीको पछि लाग्न पाइँदैन, लाग्नै हुन्न,’जनताले तिरेको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारी कुनै पार्टी विशेषको बन्न नहुने बताए ।
उनले कम्यनिस्टहरुले चुनाव जितेका स्थानीय तहमा जथाभावी लुट मच्चाईरहेको आरोप लगाउँदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको मत जित्ने गरी सेवा प्रदान गर्न निर्देशन दिए । ‘हाम्रा साथीहरुले काम गरेर देखाउनुपर्छ । कामबाटै हामी फरक छौं भन्ने देखाउनुपर्छ ।


























